विश्वकपको १४औँ रातो कार्ड एम्बोलोलाई

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको फिफा विश्वकपमा १४औँ रातो कार्ड स्विट्जरल्यान्डका स्ट्राइकर ब्रेएल एम्बोलोले पाए । उनले अर्जेन्टिनी खेलाडी लियान्द्रो परेडेसलाई फाउल गरेपछि भिडियो सहायक रेफ्री (भिएआर)को सहायताले दोस्रो पहेँलो कार्ड देखाइएको थियो ।

सुरुमा रेफ्रीले परेडेसलाई कार्ड देखाएका थिए । तर, भिएआर हेरेपछि उनलाई देखाइएको कार्ड फिर्ता लिँदै एम्बोलोलाई दोहोरो पहेँलो कार्ड देखाइएको थियो । यस विश्वकपको पहिलो रातो कार्ड दक्षिण अफ्रिकाका स्फेलो सिथोलले पाएका थिए । 

सुझावित समाचार