इतिहासमा आज

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

सन् २०२२ : आर्थिक मन्दीको विरोधमा श्रीलंकामा सुरु भएको प्रदर्शनका क्रममा हजारौँ श्रीलंकन प्रदर्शनकारीले देशको राष्ट्रपति भवनमा प्रवेश गरे । यस घटनाले देशका राष्ट्रपति महिन्दा राजापाक्षेलाई राजीनामा गर्न बाध्य बनाएको थियो ।

सन् १८१६ : ‘टुकुमेन कंग्रेस’बाट अर्जेन्टिनाले आफू स्पेनको औपनिवेशिक शासनबाट मुक्त भएको घोषणा गर्यो ।

सन् १८५० : अमेरिकाका १२औँ राष्ट्रपति जाचरी टेलर पदमै रहँदा ६५ वर्षको उमेरमा पेटको समस्याका कारण बिते ।

सन् १८७७ : विश्वकै पहिलो ‘लन टेनिस’ प्रतियोगिता ‘विम्बेल्डन च्याम्पियनसिप’को पहिलो संस्करण यसै दिनबाट लन्डनमा सुरु भयो ।

सन् १८९३ : डा. ड्यानियल हेल विलियमको नेतृत्वमा अमेरिकाको सिकागोस्थित ‘प्रोभिडेन्ट हस्पिटल’मा विश्वको पहिलो ‘ओपन–हार्ट सर्जरी’ सम्पन्न भयो ।

सन् १९०० : ब्रिटिस संसद्ले अस्ट्रेलिया महादेशमा रहेका विभिन्न एकाइमा विभाजित सबै ब्रिटिस उपनिवेशलाई जोडेर संघीय रूप ‘कमनवेल्थ अफ अस्ट्रेलिया’ बनेको घोषणा गर्यो ।

सन् १९१५ : पहिलो विश्वयुद्धका क्रममा अफ्रिकी क्षेत्रमा भएको संघर्षमा हारेपछि जर्मनीले ‘साउथ वेस्ट अफ्रिका (हालको नामिबिया)’लाई दक्षिण अफ्रिका संघलाई सुम्पियो ।

सन् १९५५ : दार्शनिक बरट्रेन्ड रसल र वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आणविक युद्ध रोक्न आह्वान गर्दै ‘रसल–आइन्स्टाइन घोषणापत्र’ लन्डनबाट जारी गरे ।

सन् १९७१ : तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले चीनसँगको अमेरिकी सम्बन्ध सुधार्ने उद्देश्यले गोप्य चीन भ्रमण सुरु गरे ।

सन् २००२ : इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी देशको संगठन ‘अफ्रिकन युनियन’ गठन भयो । 

सुझावित समाचार