इतिहासमा आज

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

सन् १६८७ :  प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनको सबैभन्दा चर्चित कृति प्रिन्सिपिया प्रकाशित ।

सन् १८६५ :  अमेरिकाको वित्त मन्त्रालयअन्तर्गत रहने गरी अमेरिकामा गुप्तचर सेवा सुरु ।

सन् १९३२ :  पोर्चुगलमा प्रधानमन्त्री एन्टोनियो डे ओलिभियरा सालाजारको ३६ वर्षे तानाशाही शासन सुरु ।

सन् १९४५ ः दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गरेका विस्टन चर्चिललाई हराउँदै क्लिमेन्ट एट्ली नेतृत्वको लेबर पार्टीले आमनिर्वाचन जित्यो ।

सन् १९५० :  इजरायलले एक कानुन पारित गर्दै सबै यहुदी इजरायल आएर बाँच्न पाउने अधिकार सुनिश्चित गरे ।

सन् १९५४ :  बिबिसीले पहिलोपटक टेलिभिजन न्युज बुलेटिन प्रसारण गर्यो ।

सन् १९७१ :  अमेरिकाको संविधानको २६औँ संशोधनले भिोट हाल्न पाउने उमेर २१ बाट घटाएर १८ बनायो ।

सन् १९७५ :  पाकिस्तानी सेना प्रमुख मोहम्मद जिया उल–हकले कुमार्फत सत्ता हत्याए ।

सन् १९९४ :  जेफ बेजोसले अमेजन डट कम स्थापना गरे ।

सन् २००३ :  २६ देशमा फैलिएर ७७४ को ज्यान लिएको सार्स (सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम) ‘नियन्त्रणमा आएको’ विश्व स्वास्थ्य संगठनको घोषणा ।

सन् २०२३ :  फेसबुकको मातृसंस्था मेटाले इन्स्टाग्रामसँग जोडेर नयाँ एप थ्रेड सार्वजनिक गर्यो । एक दिनमै यो तीन करोड डाउनलोड भएर सबैभन्दा छिटो डाउनलोड हुने एप बन्यो ।

सुझावित समाचार