पर्वतको जलजला गाउँपालिका– ६, ठोट्नेरीकी १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ५३ वर्षीय गोरबहादुर विक रहेका छन्। प्रहरीले उनीमाथि बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको हो।
प्रहरीका अनुसार अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।