प्रहरी प्रवक्ता भन्छन्– नयाँ पत्रिकामा प्रहरी पठाएकोबारे जानकारी छैन

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पठाइएको विषयमा जानकारी नभएको बताएका छन्।

विनाअनुमति सादा पोसाकमा समाचार कक्षबाटै पक्राउको प्रयास गरेको विषयमा नयाँ पत्रिकाले गरेको प्रश्नमा डिआइजी काफ्लेले आफूलाई जानकारी नभएको भन्दै महाशाखामै बुझ्न आग्रह गरे। 

उनले भने, ‘मलाई त्यस विषयमा जानकारी छैन। अहिलेलाई अपराध महाशाखामै बुझ्दा राम्रो होला । म विषय बुझेर मात्र भन्न सक्छु।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश भन्दै सातजनाको समूह नयाँ पत्रिकाकाे कार्यालयमा छ।

सुझावित समाचार