आप्रवासीविरोधी प्रदर्शनअघि दक्षिण अफ्रिकाभरका सहरमा उच्च सतर्कता

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

दक्षिण अफ्रिकामा कागजात नभएका विदेशी नागरिकविरुद्ध योजनाबद्ध प्रदर्शनअघि सरकारले देशभरका सहरमा प्रहरी परिचालन गरेको छ । उक्त प्रदर्शन हिंसात्मक झडपमा परिणत हुने आशंकामा ठुलो मात्रामा प्रहरी परिचालन भएको हो । आर्थिक राजधानी जोहानेसबर्गको केन्द्रीय व्यापारिक जिल्लामा सुरक्षाकर्मी गस्ती गरिरहेको देखिन्छ, जहाँ धेरै पसलहरूले मंगलबार नखोल्ने निर्णय गरेका थिए । स्थानीय मिडिया रिपोर्टका अनुसार दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलसँग सम्बन्धित ट्रक र अन्य सम्पत्ति पनि उपस्थित थिए ।

देशमा ‘मार्च एन्ड मार्च’लगायतका आप्रवासनविरोधी सतर्कता समूहहरूले विरोध प्रदर्शन आयोजना गरेका छन् । उनीहरूले कागजात नभएका विदेशीहरूलाई देश छोड्नका लागि जुन ३० को अनौपचारिक समयसीमा तोकेका छन् । प्रदर्शन कागजात नभएका आप्रवासीविरुद्ध केन्द्रित रहेको आयोजकले बताएका छन् । आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताए पनि सरकारले सम्भावित हिंसाविरुद्ध सतर्कता अपनाएको छ । ‘हामी हिंसाका लागि आह्वान गरिरहेका छैनौँ । जुन ३० मा कसैलाई मारिनेछैन र हाम्रो नाममा कुनै लुटपाट हुनेछैन,’ मार्च एन्ड मार्चका नेता ज्यासिन्टा न्गोबेसे जुमाले भनिन् ।

प्रहरी परिचालनलाई २००८ मा भएको आप्रवासीविरोधी दंगाजस्तै सम्भावित ठुलो लुटपाट र हिंसा रोक्ने प्रयासको रूपमा हेरिएको छ । उक्त हिंसामा ६२ जनाको मृत्यु भएको थियो । जुलाई २०२१ मा पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलनाको आरोपमा जेल सजाय सुनाइएपछि भएको अशान्तिमा ३५० भन्दा बढी मानिस मारिएका थिए । उक्त घटनलाई रंगभेदको अन्त्य पछि देशको सबैभन्दा घातक हिंसा मानिन्छ ।

यस मे र जुन हप्तासम्म, लाठी बोकेका र ‘अबाहाम्बे’ (देश छोड) नारा लगाउँदै गरेका मानिसले पसल–पसलमा जोहानेसबर्ग र डर्बनमा आप्रवासीलाई सोधपुछ गरेको देखिन्छ । केही स्थानमा केही व्यक्तिलाई कुटपिट गरेकोसमेत देखिन्छ । पछिल्लो हिंसामा पाँच मोजाम्बिकन नागरिक मारिएका छन् । दक्षिण अफ्रिकाको ६ करोड २० लाख जनसंख्यामध्ये विदेशी जन्मेका आप्रवासी अनुमानित चार प्रतिशत छन्, यद्यपि उनीहरूको संख्या एक करोड ५० लाखदेखि दुई करोड रहेको दाबी गरिएको छ । धेरै आप्रवासी अनौपचारिक क्षेत्रमा काम गर्छन्, किनकि छिमेकी देशमा आर्थिक तनावले हजारौँलाई अफ्रिकाको सबैभन्दा ठुलो अर्थतन्त्रमध्ये एकमा काम खोज्न बाध्य पारेको छ । हिंसा धेरै हदसम्म नियन्त्रणबाहिर गएको र अधिकारीमाथि कडा कदम नचालेको आरोप लगाइएको छ । 

सुझावित समाचार