यस्तो पनि...

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

१९९० को विश्वकपमा कम गोल औसत
विश्वकप इतिहासमा सन् १९९० मा इटालीले आयोजना गरेको प्रतियोगितामा सबैभन्दा कम गोल भएको थियो । सो विश्वकपको प्रतिगोल औसत २.२१ रहेको थियो । विश्वकपमा कुल ५२ खेल हुँदा इटालीका सिलाचीले ६ गोल गरेका थिए । उनी नै प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । विश्वकपमा चेकोस्लोभिकियाले अमेरिकामािथ ५–१ को ठुलो जित अन्तर निकालेको थियो । पश्चिम जर्मनीले पनि युनाइटेड अरब इमरेट्सलाई ५–१ ले हराएको थियो । प्रतियोगिताको समूह ‘एफ’को पहिलो चरणमा सबै टोलीले अंक बाँडेका थिए । 

दक्षिण अफ्रिका पहिलोपटक आयोजक
सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता दक्षिण अफ्रिकाले गरेको थियो । अफ्रिकन महादेशमा पहिलोपटक विश्वकप पुगेको त्यसैवेला हो । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले दक्षिण अफ्रिकीमा फुटबल विकासका लागि दक्षिण अफ्रिकालाई आयोजक राष्ट्र बनाएका थिए । पहिलोपटक विश्वकप आयोजक राष्ट्र बनेको दक्षिण अफ्रिका नकआउट चरणसम्म पुग्न सकेन । सो विश्वकपमा स्पेनले पहिलोपटक विश्वकप ट्रफी जित्यो । प्रशिक्षक भिसेन्ट डेल बोस्कीले स्पेनिस लिगामा आबद्ध खेलाडीहरूलाई प्राथमिकतामा राख्दै टोली बनाएको थियो । सो संस्करणमा उरुग्वेका डिएगो फोर्लान उत्कृष्ट खेलाडी बनेका थिए । 

२२औँ संस्करणमा एम्बाप्पेको धेरै गोल
चार वर्षअघि फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेको जादुमयी खेल कसैले बिर्सेका छैनन् । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा एम्बाप्पले सर्वाधिक आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाविरुद्ध फाइनलमा ह्याट्रिकसमेत गरेका थिए । यद्यपि, फ्रान्स टाइब्रेकरमा अर्जेन्टिनासँग पराजित भयो । विश्वकपमा एम्बाप्पेले समग्रमा १४ गोल संख्या पुर्याएका छन् । अर्जेन्टिनालाई विश्वकप दिलाएका कप्तान लियोनल मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । 
 

सुझावित समाचार