मेसी बने विश्वकपकै सर्वाधिक गोलकर्ता

चालू विश्वकपअन्तर्गत सोमबार राति डालास रंगशालामा अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै उनले १८ गोल पुर्‍याए

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकप फुटबल प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । चालू विश्वकपअन्तर्गत सोमबार राति डालास रंगशालामा अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै उनले १८ गोल पुर्‍याएका छन् ।

खेलको ३८औँ मिनेटमा उनले मेडिनाको क्रसमा गोल गर्दै विश्वकीर्तिमान राखे । मेसीले यो सफलता २८ खेलबाट हात पारेका हुन् । उनले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पारेका छन् । यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेसीले क्लोजको १६ गोलको रेकर्ड बराबरी गरेका थिए । 

See More On

सुझावित समाचार