वेस्ट इन्डिजविरुद्ध भारत १४ रनले विजयी

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

एजेन्सी/ भारतले तेस्रो टी–२० आईमा पाहुना टोली वेस्ट इन्डिजलाई १४ रनले हराएको छ । इन्डोरमा आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो ।

प्रत्युत्तरमा वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा २०९ रन बनायो । भारतका लागि अभिषेक शर्माले ३० बलमा ६९ रन बनाउँदा ६ चौका र पाँच छक्का प्रहार गरे । यसैगरी ईशान किसनले १८ बलमा ३७ रन बनाए ।

वेस्ट इन्डिजको ब्याटिङमा कमिल पुरनले २७ बलमा ४२ र सिमरोन हेटमेयरले २६ बलमा ४३ रन जोडेका थिए ।

सुझावित समाचार