कानुनमन्त्रीलाई हर्कको प्रश्न– प्रधानमन्त्री सदनमा नआउनुलाई कसरी परिभाषित गर्नुहुन्छ?

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण
कानुनमन्त्रीलाई हर्कको प्रश्न– प्रधानमन्त्री सदनमा नआउनुलाई कसरी परिभाषित गर्नुहुन्छ?

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री सदनमा नआएको विषयमा कानुनमन्त्री सोविता गौतमलाई प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै साम्पाङले भने, ‘प्रधानमन्त्री सदनमा नआउनुलाई कानुन मन्त्रालयले, कानुनमन्त्रीले कसरी हेरिराख्नुभएको छ? कसरी परिभाषित गर्नुहुन्छ?’

साम्पाङले कानुनी ज्ञान नहुँदा सर्वसाधारणले विभिन्न गल्ती गरिरहेकाे भन्दै बजेटमा जनचेतना फैलाउने कार्यक्रम समावेश गर्न सुझाव दिए। उनले सार्वजनिक खरिद ऐन र वन ऐन संशोधन गर्नसमेत औँल्याए।

सुझावित समाचार