सन् १९६३ : भ्यालेन्टिना तेरेस्कोभा अन्तरिक्षमा पुगेको दिन । रुसी अन्तरिक्षयात्री तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् ।
सन् १९०३ : हेनरी फोर्ड र ११ जना सहायक लगानीकर्ताद्वारा फोर्ड मोटर कम्पनी स्थापना ।
सन् १९३८ : प्रसिद्ध अमेरिकी लेखक ज्वाइस कार्लोस ओट्सको जन्मदिन । उनको जन्म न्युयोर्कको लकपोर्टमा भएको थियो
सन् १९७६ : दक्षिण अफ्रिकी प्रहरीद्वारा विद्यालयका सयौँ प्रदर्शनकारी बालबालिकाको हत्या । अफ्रिकन (पश्चिम जर्मनी भाषा)लाई विद्यालयमा शैक्षिक भाषाको रूपमा परिचय दिने योजनाको विरोधमा प्रहरीले गोली चलाएको थियो । ‘सोवेतो विद्रोह’का रूपमा आजको दिनलाई हरेक वर्ष युवा दिवसको रूपमा मनाइन्छ ।
सन् २०१० : भुटानमा विश्वमै पहिलोपटक देशव्यापी रूपमा सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध । दक्षिण एसियाली देशमा निजी स्थानमा धूम्रपान गर्न भने अझै पनि वैध मानिन्छ ।
सन् २०१२ : पहिलो चिनियाँ महिला अन्तरिक्षयात्री लियु याङ अन्तरिक्षमा पुगेको दिन ।