यस्तो पनि...

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

ब्राजिलमा सुआरेजको त्यो टोकाइ
सन् २०१४ को विश्वकप ब्राजिलमा भयो । यो विश्वकममा धेरै घटना घटे । तर, सबैभन्दा रोचक र रमाइलो घटना भने उरुग्वे र इटालीको खेलमा भयो । समूह ‘डी’को खेलमा उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले इटालीका डिफेन्डर जर्जियो चिलिनीको बायाँ काधमा टोके। इटालीका खेलाडीले रेफ्री मार्को रोड्रिगुजलाई उजुरी गरेपछि आफूले कुनै घटना नदेखेको भन्दै कारबाही गरेनन् । जुन खेलमा उरुग्वेले इटालीलाई १–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो ।

एउटै रंगशालामा तीनपटक उद्घाटन
२३औँ सस्करण उत्तर अमेरिकामा आयोजना हुँदा मेक्सिकोले एकै मैदानमा तीनपटक विश्वकप उद्घाटन गरेको छ । एष्टाडियो अज्टेका मैदानमा सन् २०२६ अघि सन् १९८६ मा दोस्रोपटक प्रतियोगिता आयोजना भएको थियो । पहिलो पटक सन् १९७० मा प्रतियोगिता यसै मैदानमा भएको हो । 

दोस्रो युद्धले रोकियो विश्वकप 
अहिले २३औँ संस्करण सुरु हुँदा प्रतियोगिता दुई पटक मात्रै रोकिएको छ । त्यो पनि दोस्रो विश्वयुद्धले रोकिएको हो । सन् १९४२ र १९४६ विश्वकप आयोजना हुन सकेन । युद्धपछि लामो अन्तरालमा सन् १९५० मा ब्राजिलमा विश्वकप फेरि सुरु भयो । यसपल्ट फेरि उपाधि जित्दै उरुग्वे दोस्रोपटक च्याम्पियन बनेको थियो । 

१७ फरक आयोजक
विश्वकपको २३औँपटक भइरहँदा अहिलेसम्म १७ राष्ट्रले मात्रै प्रतियोगिता आयोजना गरेका छन् । अघिल्लोपटक कतारले पहिलोपटक आयोजना गर्दा यसपटक क्यानाडा र अमेरिकाले पहिलोपटक आयोजना गरेको थियो । मेक्सिको भने तेस्रोपटक विश्वकप आयोजना गर्दैछ । त्यस्तै, ब्राजिल, फ्रान्स, इटाली र जर्मनीले दुई पटक प्रतियोगिता आयोजना गरेका छन् । 

पहिलोपटक फिफा सदस्य ४१ देश मात्रै 
ओलम्पिक खेलकुद प्रतियोगिता सहभागी भएपछि फिफाले पहिलोपटक विश्वकप आयोजना गर्ने निर्णय गर्यो । सन् १९२८ मा फिफाले पहिलोपटक विश्वकप आयोजना गर्ने र त्यसको जिम्मेवारी उरुग्वेलाई दिएको थियो । पहिलो विश्वकप उरुग्वेको मोन्टेभिडियोमा भयो । पहिलोपटक विश्वकप हुँदा ४१ राष्ट्र फिफाको सदस्य थिए । छनोट चरणसमेत नहुँदा यो विश्वकपमा मात्र १३ टिम सहभागी भए । 

See More On

सुझावित समाचार