पुरुष कबड्डी टिमले जापानको आइची नागोयामा चलिरहेको २०औँ एसियाली खेलकुदमा पहिलो जित निकालेको छ । पुरुष कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ ।
बुधबार तोकाई सिटिजन जिम्याजिउममा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले मलेसियालाई ७३–५२ ले हरायो । पहिलो हाफमा नेपालले ३७–२१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि नेपालले ३६–३१ को अग्रता बनाउन सफल भयो ।
यसअघि नेपाल समूहमा लगातार तेस्रो हार व्यहार्न पुगेको थियो । धनश्याम रोकामगरको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८, पाकिस्तानसँग ५८–४३ र तेस्रो खेलमा इरानसँग ७६–२३ ले पराजित भएको थियो ।
आजै महिला टिमले श्रीलंकासँग खेल्दै छ । यो खेल जितेर सेमिफाइनलमा पुगे नेपालले कांस्य पदक प्राप्त गर्नेछ ।