आन्दोलन र झैझगडाको ह्याङओभर सदनभित्र पनि छ : हर्क साम्पाङ

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण
आन्दोलन र झैझगडाको ह्याङओभर सदनभित्र पनि छ : हर्क साम्पाङ

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आन्दोलन, झैझगडा, कुटपिट र काटमारको ह्याङओभर संसदभित्र पनि देखिएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आफूलाई बोल्न समय नदिएको भन्दै साम्पाङले यस्तो बताएका हुन्। सभामुखले सानो स्वर नसुनेको भन्दै उनले सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

‘यो आन्दोलन नै आन्दोलनको देश, झैझगडा र कुटपिट, काटमारको देश । त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ । सायद हामी त्यस्तै तरिकाले ग्रुमअप भएर आयौँ होला, अनि सानो बोल्दा नसुन्ने,’ उनले भने।
 

सुझावित समाचार