सन् १९८३ : बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर दोस्रो कार्यकालका लागि निर्वाचित । फकल्यान्ड टापुको युद्धमा विजय र विपक्षी लेबर पार्टीभित्रको गहिरो विभाजनबिच उनी विजयी भएकी थिइन् ।
१८७० : अंग्रेजी लेखक चार्ल्स डिकेन्सको निधन । सामान्यतया, सबैभन्दा ठुलो भिक्टोरियन उपन्यासकार मानिने डिकेन्सको केन्टको चथमनजिकै गाड्स हिलमा मृत्यु भयो ।
सन् १९४६ : भूमिबोल अदुल्यादेजले थाइल्यान्डको राजाको मुकुट पहिरिए । ७० वर्ष शासन गरेका उनी संसारको सबैभन्दा लामो समयसम्म शासन गर्ने राष्ट्रप्रमुख थिए । उनको सन् २०१६ को अक्टोबर ३ मा मृत्यु भएको थियो ।
सन् १९५७ : चार अस्ट्रियाली पर्वतारोहीले ब्रोड पिकको पहिलो आरोहण गरे । फ्रिट्ज विन्टरस्टेलर, मार्कस स्मक, कर्ट डिम्बर्गर र हर्मन बुहल पाकिस्तान र चीनको सिमानामा रहेको ८०५१ मिटर अग्लो उक्त चुचुरोको शिखरमा पुगेका थिए ।
सन् १९६७ : इजरायलले सिरियाबाट गोलान हाइट्स कब्जा गर्यो । उक्त भूभागमा इजरायलको कब्जा र इजरायली बस्ती स्थापनाले जारी मध्यपूर्व द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न वार्तामा बाधा पुर्याइरहेको छ ।