सुनचाँदीको मूल्य घट्यो

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले घटेर तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तीन लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले घटेर तोलामा पाँच हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा पाँच हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार