इतिहासमा आज

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

सन् १९९० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटायो ।

सन् १७५६ : औपनिवेशिक भूमिमाथि नियन्त्रणको विवाद बढ्दै गएपछि बेलायतले फ्रान्समाथि युद्ध घोषणा गरेसँगै सातवर्षे युद्ध सुरु भयो ।

 सन् १८२४ : स्वच्छन्दवादी अभियानका केन्द्रीय व्यक्तित्व कवि लर्ड वाइरन (पूरा नाम जर्ज गोर्डन वाइरन)का ६ जना मित्रले उनका डायरी जलाइदिए । यसलाई ‘साहित्यिक इतिहास’को सबैभन्दा ठुलो अपराधका रूपमा व्याख्या गरिन्छ ।

सन् १८८४ : अलास्का औपचारिक रूपमा अमेरिकी भूमि बन्यो । यो विशाल भूमि १७ वर्षअघि रुसले अमेरिकालाई ७२ लाख डलरमा बेचेको थियो ।

सन् १८९७ : जुनसुकै लामो दूरीसम्म यात्रा गर्न सक्ने विश्वको पहिलो सफल पनडुब्बी अमेरिकामा सार्वजनिक भयो । विद्युत् तथा डिजेल इन्जिन भएको यो पनडुब्बी जोन फिलिप होल्यान्डले डिजाइन गरेका थिए ।

सन् १९०२ : ग्रिक पुरातत्वविद् भ्यालेरियोस् स्टेइसले ‘एन्टिकिथेरा मेकानिजम’ नामक प्राचीन यान्त्रिक कम्युटर पत्ता लगाए । एक वर्षअघि ग्रिक टापु एन्टिकिथेरानजिक पत्ता लगाएको एक भग्नावशेष जहाजभित्र भेटिएको यस उपकरणलाई हालसम्म पत्ता लागेको सबैभन्दा पुरानो एनालग कम्प्युटर मानिन्छ ।

सन् १९६० : पहिलो आणविक रियाक्टर प्रणालीको सर्वाधिकार जेडब्लु फ्लोराले लिए ।

सन् १९६१ : फिडेल क्यास्ट्रोलाई अपदस्थ गर्न अमेरिकाबाट अप्रिलमा भएको सैन्य अभियानमा संलग्न बन्दीलाई रिहा गर्ने क्युबाको प्रस्ताव । आफ्नो देशलाई पाँच सयवटा बुलडोजर दिए, बन्दीलाई रिहा गर्ने क्यास्ट्रोले प्रस्ताव गरे ।

सन् २००७ : कोरिया युद्धपछि पहिलोपटक उत्तर कोरियाबाट गुडेका रेल दक्षिण कोरिया पुगे ।

सुझावित समाचार