इतिहासमा आज

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सन् १९४८ : प्यालेस्टाइनमाथिको २८ वर्ष लामो ब्रिटिस शासन अन्त्य भयो । लगत्तै त्यस भूमिमा नवगठित यहुदी राज्य ‘इजरायल’माथि छिमेकी अरबी राज्य इजिप्ट, लेबनान, सिरिया, इराक र साउदी अरबले युद्धको घोषणा गरे ।

सन् १९१६ : अमेरिकी नौसेना डोमिनिकन रिपब्लिकमा प्रवेश गर्यो, जहाँ अमेरिकाले आठ वर्ष शासन गर्यो । 

सन् १९३२ : जापानी सरकारविरुद्ध भएको ‘कु’ प्रयासमा देशका प्रधानमन्त्री इनुकाई सुयोसी नौसेनाबाट मारिए ।

सन् १९४३ : दोस्रो विश्वयुद्धका क्रममा मित्रशक्ति अमेरिका तथा बेलायतका चिन्तालाई सम्बोधन गर्न भन्दै सोभियत नेता जोसेफ स्टालिनले विश्वभरका कम्युनिस्ट दलको समूह कोमिर्न्टन (तेस्रो अन्तर्राष्ट्रिय) भंग गरेको घोषणा गरे । सोभियत संघले कोमिर्न्टनमार्फत अन्य देशमा क्रान्ति भड्काउने प्रयास गरेको आरोप थियो । 

सन् १९५५ : दोस्रो विश्वयुद्धको अन्त्यमा पश्चिमी शक्ति र सोभियत संघको संयुक्त नियन्त्रणमा परेको अस्ट्रिया स्वतन्त्र बन्यो । तत्कालीन शीतयुद्धकालीन विश्वका दुई ध्रुवमध्ये कसैको पक्ष नलिने प्रतिबद्धता जनाएपछि अस्ट्रियाले स्वतन्त्रता प्रदान गरिएको थियो ।

सन् १९७० : रंगभेदी नीति लिएका कारण दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट निष्कासित भयो ।

सन् १९७२ : दोस्रो विश्वयुद्धको अन्त्यपछि २७ वर्षसम्म अमेरिकी सेनाको नियन्त्रणमा रहेको ओकिनावा टापु जापानी सरकारलाई फिर्ता गरियो ।

सन् १९८८ : सोभियत संघले अफगानिस्तानमा तैनाथ झन्डै एक लाख १५ हजार सैनिक फिर्ता गर्न सुरु गर्यो ।

सन् २०१८ : रुसी नेता भ्लादिमिर पुटिनले चार वर्षअघि युक्रेनबाट हत्याएको क्रिमिया प्रायद्वीपलाई रुससँग सीधा जोड्ने १९ किमि लामो ‘कर्स पुल’को उद्घाटन गरे । 

सुझावित समाचार