सर्वोच्च प्रशासनले निवेदन दर्तामा आलटाल गरेको भन्दै नेपाल बारको आपत्ति

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्तामा आलटाल गरेको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।
 
प्रशासनको दरपीठविरुद्ध इजलाससमक्ष सम्बन्धित शाखामा पेस गरेको निवेदनमा समेत प्रशासनले दर्ता वा दरपीठ दुवै नगरी मौनता साधेको गुनासो आएको भन्दै बारले प्रशासनको ध्यानाकर्षण गराएको हो।

जस्तोसुकै अवस्थामा पनि खुला र निष्पक्ष रहनुपर्ने अदालतमै निवेदन दर्तामै आलटाल भए अन्यत्रको अवस्था कस्तो होला भन्दै बारले प्रश्न गरेको छ।

‘संविधान प्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपीठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एशोसिएसन सम्बन्धितको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार