अब खल्तीका सबै प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

आइएमई खल्ती लिमिटेड (खल्ती)ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा खल्तीले यो सेवा ल्याएको हो।

प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्ने यो सेवा नेपालकै पहिलो डिजिटल वालेट सुविधा हो। यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लाटफर्म बनेको छ।

यसअघि यो ब्याज सुविधा साबिकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर, अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाइसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’को सुविधा विस्तार गरेको छ।

यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको कम्पनीले जनाएको छ।

सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाइसी भई कम्तीमा १० वटा सफल कारोबार गरेको र वालेटमा ओभरनाइट ब्यालेन्स एक हजार रुपैयाँ कायम भएको हुनुपर्नेछ। यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

सुझावित समाचार