सन् १९९४ : नेल्सन मन्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बने । तीन सय वर्षभन्दा बढी समयसम्म श्वेतहरूको शासनपछि मन्डेला पहिलोपटक अश्वेत राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्नुअघि उनी जातिवादी रंगभेद शासनविरुद्धको लडाइँमा एक प्रमुख व्यक्तित्व थिए । उनले २७ वर्ष जेलजीवन बिताएका थिए ।
सन् १९३३ : नाजीहरूले ‘जर्मनी भावनाप्रतिकूल’ आरोप लगाउँदै समारोह नै आयोजना गरी करिब २५ हजार पुस्तक जलाए । जलाइएका पुस्तकमा अल्बर्ट आइन्स्टाइन, बर्तोल्त ब्रेख्त, सिग्मन्ड फ्रायड र काफ्कालगायतका पुस्तक थिए ।
सन् १९४० : विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्रीमा नियुक्त ।
सन् १९४१ : एडोल्फ हिटलरका सहायक रुडोल्फ हेस शान्ति सम्झौताको मध्यस्थता गर्न प्यारासुटमार्फत स्कटल्यान्ड प्रस्थान । हेसलाई पक्राउ गरी सोधपुछ गरिएको थियो । टावर अफ लन्डनमा बन्दी बनाइएका प्रमुख व्यक्तित्वको लामो लाइनमा उनी अन्तिम थिए । दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा चार वर्षअघि हिटलरले आफ्नो शान्ति मिसनलाई देशद्रोहको रूपमा चित्रण गरेका थिए ।
सन् २००२ ः अमेरिकाका एफबिआई एजेन्ट रोबर्ट ह्यान्सेनलाई मस्कोका लागि जासुसीका लागि कसुरदार ठहरिएपछि आजीवन कारावासको सजाय सुनाइयो । उनी तत्कालीन रुसका अत्यन्त मूल्यवान् जासुस थिए, जसले एफबिआईमा घुसपैठ गरी सबैभन्दा धेरै क्षति गरेका थिए ।