एनआइसीको सम्पत्ति लिलाम बिक्री पोर्टल

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो नाममा रहेका बैंकिङ, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरिएको जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाबारे विस्तृत जानकारी समेटिएको छ । यसका लागि ग्राहक महानुभावले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी विस्तृत सूचना पाउन सक्नेछन् ।

बिक्रीमा रहेका सम्पत्तिको क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सकिने बताइएको छ । 
 

See More On

सुझावित समाचार