रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन कार्यक्रम’ आयोजना गरिएको छ । कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाइन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो ।
कार्यक्रममा सोल्टी ग्रुपका कर्पोरेट एक्ज्युकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारको आकर्षक प्रदर्शनीसमेत गरे ।