इतिहासमा आज

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९७५ : विद्रोही खमेरुज कम्बोडियाको राजधानी न्हेम पेन प्रवेश गरेसँगै अमेरिका समर्थित सरकार ढल्यो र देशमा गृहयुद्धको अन्त्य भयो । तथापि, खमेरुजको चारवर्षे शासनमा देशमा ठुलो नरसंहार भयो ।

सन् १४९२ : इटालियन क्रिस्टोफर कोलम्बसले स्पेनका राजासामु ‘इन्डिज (एसिया)’ जाने नयाँ मार्ग पत्ता लगाउने वाचा गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा स्पेनले कोलम्बसले यात्रा खर्च व्यहोर्ने र कोलम्बसले भेटेको कुल खजानाको १० प्रतिशत पाउने विषय उल्लेख थियो ।

सन् १८९५ : सिमोनोसेकी सम्झौतासँगै पहिलो जापान–चीन युद्ध (१८९४–१८९५) अन्त्य भयो । सम्झौतामा कुनै समय क्षेत्रीय शक्ति मानिने मिङ वंशले उदाउँदो चीनसँग अपमानजनक हार स्वीकार गरेको थियो ।

सन् १९१७ : भ्लादिमिर लेनिनले सोभियतहरूले सबै शक्ति आफ्नो हातमा लिनुपर्ने विचार राखेको अप्रिल थेसिस जारी गरे, जसलाई रुसी अक्टोबर क्रान्तिको प्रस्थानबिन्दु मानिन्छ ।

सन् १९६१ : १४ सय क्युबाली आप्रवासी अमेरिकाबाट क्युबाको दक्षिणी तट ‘बे अफ पिग्स’मा अवतरण गरे । अमेरिकी गुप्तचर निकाय सिआइएको सहयोग लिएर क्यास्ट्रो शासन अपदस्थ गर्ने लक्ष्य राखेको सो समूह क्यास्ट्रोको फौजसँग सहजै पराजित भयो । 

सुझावित समाचार