सन् १९९४ : रुवाण्डा नरसंहार सुरु । रुवान्डाका राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डियाका राष्ट्रपति साइप्रियन तारियामिराबिचको द्वन्द्वका कारण करिब १० लाख टुत्सी आदिवासीको ज्यान गयो ।
सन् १८७९ : चिलीद्वारा पेरु र बोलिभियामा युद्धको घोषणा गर्यो । चिलीको घोषणासँगै प्यासिफिक युद्ध सुरु भयो । अटाकामा मरुभूमिको खनिजले भरिएको क्षेत्रको नियन्त्रणलाई लिएर विवाद बढेको थियो ।
सन् १८९६ : पहिलो आधुनिक ओलम्पिक खेल एथेन्समा सुरु । पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए । दक्षिण–पश्चिम ग्रिसको ओलम्पियाडमा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेलहरूको १५ सय वर्षपछि यो प्रतियोगिता भयो ।
सन् १९०९ : रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति बनेको दाबी गरे । तर, पेरीको दाबी कहिल्यै प्रमाणित भएको छैन र चौतर्फी रूपमा विवादित छ । उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा सन् १९४८ को सोभियत सेभर–२ अभियान थियो ।
सन् १९६५ : पहिलो व्यावसायिक सञ्चार उपग्रह प्रक्षेपण । इन्टेलस्याट आई (अर्ली बर्डसमेत भनेर चिनिन्छ)ले जेमिनी ६ आन्द्र महासागरमा अवतरण गर्दा पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो ।