लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रूपमा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रारम्भिक चरणअन्तर्गत लगानीकर्तालाई थप सहज वातावरण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए । तामाङका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्नेछन् ।