आगामी प्रदेश र स्थानीय चुनावमा विदेशबाट भोट हाल्ने व्यवस्था गर्न सांसदको माग

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद पुनले यस्तो माग गरेका हुन्। आफू मन्त्री हुँदा २१ फागुनकै चुनावमा पहल गरे पनि असफल भएको उल्लेख गर्दै उनले शक्तिशाली सरकारसमक्ष आफ्नो माग प्रस्तुत गरेका हुन्।

‘आजको कार्यसूचीमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२ भन्ने रहेछ। त्यसमा म के भन्न चाहन्छु भने ०८४ को प्रदेश र स्थानीय सरकारको चुनावमा विदेशमा काम गर्ने सम्पूर्ण वैधानिक नेपाली नागरिकले पनि भोट दिन पाउने व्यवस्था होस्,’ उनले भने।

सुझावित समाचार