महालक्ष्मी विकास बैंकले नयाँ वर्ष ०८३ को डिजिटल संस्करण क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमबिच क्यालेन्डर सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
महत्वपूर्ण चाडपर्व, तिथि, बिदा, शुभसाइत तथा विक्रम संवत्, नेपाल संवत् तथा अंगे्रजी संवत्का मितिलगायतका विषयवस्तु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
डिजिटल संस्करण प्रयोगकर्ताका लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई संवद्र्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले देशभरका एक सय तीन शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।