काठमाडौं/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो लगानी करिब ३३ अर्ब रुपैयाँ पुगेको जनाएको छ । कम्पनीले नवौँ वार्षिकोत्सवका अवसरमा वित्तीय अवस्था थप सुदृढ बनाउँदै डिजिटल सेवा, प्रविधिमा आधारित प्रक्रिया र ग्राहककेन्द्रित सेवामा जोड दिएको जनाएको हो । वार्षिकोत्सवका अवसरमा रक्तदानलगायतका कार्यक्रम पनि गरिएको छ ।
कम्पनीका अनुसार ‘च्यालेन्जिङ बट अचिभेबल, एग्रेसिभ बट सस्टेनेबल’ भन्ने यस वर्षको मूल भावनासहित कम्पनीको यात्रा अघि बढिरहेको छ । प्राकृतिक विपत्का कारण विभिन्न परिवारले प्रियजन गुमाउनुका साथै घर, सम्पत्ति र पूर्वाधारमा क्षति पुगेको अवस्थालाई स्मरण गर्दै कम्पनीले प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ । कठिन परिस्थितिबाट सामान्य जीवनतर्फ फर्किन र नयाँ आशाका साथ अघि बढ्न सबैलाई विश्वास व्यक्त गरेको छ ।