सुनको मूल्य तोलामा ११ हजार सात सय रुपैयाँले घट्यो

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । दसैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार सात सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला चार हजार १८५ रुपैयाँ थियो ।

दसैँ बिदापछि बजार खुलेसँगै सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको हो ।

सुझावित समाचार