काठमाडाैं ।नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रिम इनर्जी ड्रिंकले सातवटा टोलीको लोगोअंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।
एनपिएल सिजन ३ मा एक्सट्रिमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी रहेको छ। एक्स्ट्रिमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्याउने प्रयास गरेको जनाएको छ।
क्रिकेटको क्रेज : सात टिम, सात पहिचान
क्रिकेटप्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाम मात्र होइन। टिमप्रतिको समर्थन भनेको खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ। मैदानमा प्रत्येक रनसँगै बढ्ने धड्कन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो।
यही भावनालाई एक्स्ट्रिमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको छ। प्रायोजना लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन्। अब एक्स्ट्रिम इनर्जी ड्रिंक पिउनुमा मात्र सीमित रहनेछैन । यसको प्रयोग आफ्नो फेवरेट टिमप्रतिको माया र समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ।
कम्पनीका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । साथै, एनपिएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ। क्रिकेटमा खेलाडीहरू मैदानमा आफ्नो टोलीका लागि प्रतिस्पर्धा गर्छन् भने समर्थकहरू मैदानबाहिरबाट आफ्नो विश्वास र उत्साहका साथ टोलीको हौसला बढाउँछन् । एक्स्ट्रिमले यही सम्बन्धलाई विशेष क्यानमार्फत थप नजिक ल्याउने प्रयास गरेको छ ।