अर्थमन्त्री वाग्ले एआइआइबीको वार्षिक बैठकमा सहभागी हुन दोहा प्रस्थान

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा प्रस्थान गरेका छन्।

मन्त्री वाग्लेसँग अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि दोहा गएका छन्।

वार्षिक बैठकका क्रममा वाग्लेले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपतपछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम छ।

दोहामा रहँदा अर्थमन्त्री वाग्लेले भारत, बंगलादेश र माल्दिभ्सका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

वाग्ले असोज १४ गते स्वदेश फर्किने बताइएको छ।

See More On

सुझावित समाचार