प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शीतलनिवासमा आयोजित समारोहमा रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसी अब प्रतिनिधिसभाको प्रारम्भिक प्रक्रियामा प्रमुख भूमिकामा रहनेछन्।

राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता पनि उनले नै गर्नेछन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्।

सुझावित समाचार