सन् २००३ : हु जिन्ताओ जनवादी गणतन्त्र चीनका राष्ट्रपति बने ।
सन् १४९३ : क्रिस्टोफर कोलम्बस उनको पहिलो उत्तर अमेरिका भ्रमणपछि स्पेन फर्किए ।
सन् १८४८ : ब्रटस, केसिअर र अन्य कैयौँ रोमन सिनेटर मिलेर जुलियस सिजरको हत्या गरिदिए ।
सन् १८४८ : हंगेरीमा क्रान्ति सुरु भयो । क्रान्तिपछि ह्यासबर्ग वंशका शासक रिफर्म पार्टीको माग पूरा गर्न बाध्य भए ।
सन् १९०७ : फिनल्यान्डले महिलालाई मताधिकार प्रदान गर्यो, फिनल्यान्ड यो अधिकार दिने पहिलो युरोपेली मुलुक हो ।
सन् १९४८ : बेलायती प्रधानमन्त्री क्लिमेन्ट एट्लीले भारतको स्वतन्त्रताको अधिकारलाई स्वीकार गरे ।
सन् १९५१ : इरानको संसद् मजलिसले एंग्लो–इरानियन ओयल कम्पनीलाई राष्ट्रियकरण गर्ने पक्षमा मतदान गर्यो ।
सन् १९८५ : पहिलो इन्टरनेट डोमेन ‘सिम्बोलिक्स डट कम’ दर्ता भयो ।
सन् २००३ : रिसेप तैयप एर्दोगान पहिलो कार्यकालका लागि टर्कीका प्रधानमन्त्री बने ।