नेपाल वायुसेवा निगमले दुबई उडान सञ्चालन गर्ने भएको छ । निगमले मध्यपूर्वको तनावका कारण प्रभावित यात्रुका लागि काठमाडौं–दुबई–काठमाडौं उडान सञ्चालन गर्न लागेको हो । काठमाडौंबाट उडान बुधबार स्थानीय समयअनुसार राति सवा ११ बजे हुनेछ भने दुबईबाट बिहीबार स्थानीय समयअनुसार ४:१० बजे हुने निगमले जनाएको छ ।
२८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न नपाएका यात्रुले बुधबार नै यात्रा गर्न इच्छुक भएमा निगमको इमेल ठेगानामा टिकट पठाई पुन: प्रमाणीकरण गराउनुपर्नेछ । साथै, प्रमाणित टिकटअनुसार तथा निगमको सूचनासमेतलाई आधार मानी यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ । निगमबाट टिकट पुन: प्रमाणीकरण गरिएका यात्रु मात्र विमानस्थल जान भनिएको छ ।
जहाजको सिटको उपलब्धताअनुसार पहिलेदेखि रोकिएका यात्रुलाई ‘फस्र्ट कम, फस्र्ट सर्भिस’का आधारमा टिकट उपलब्ध गराइने पनि निगमले जनाएको छ । विमानस्थल पुग्नुअघि निगमको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमा प्रकाशित सूचना नियमित हेर्न पनि भनिएको छ ।