उपभोक्तालाई अफरै–अफर

छुट तथा उपहार योजनाले व्यवसाय बढाउनुका साथै उपभोक्तालाई चाडपर्वको अनुभूति र किनमेलको विकल्पसमेत दिएको छ

आइतबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

आजभोलि दसैँ, तिहार, छठजस्ता चाडपर्वको रौनक परम्परा र सांस्कृतिक गतिविधिले मात्रै होइन  बजार र व्यापारिक चहलपहलले समेत दिन थालेका छन् । कर्पोरेट कम्पनीले घोषणा गर्ने ग्राहकलक्षित छुट तथा उपहार योजनाले उनीहरूको व्यवसाय मात्रै बढाएको छैन उपभोक्तालाई चाडपर्वको अनुभूति  र किनमेलको विकल्पसमेत दिएको छ ।

चाडपर्वलाई लक्षित गरेर बैंक, अटोमोबाइल, दूरसञ्चार, उत्पादन, रेमिट्यान्सलगायत क्षेत्रका कम्पनीहरूले विभिन्न योजना सार्वजनिक गरेका छन् । ग्राहक आकर्षित गर्न नगद छुट, किस्ताबन्दी सुविधा, क्यासब्याक, उपहार योजना, बम्पर पुरस्कार र विशेष प्याकेज ल्याउने प्रतिस्पर्धा बढ्दो छ । कतिपय कम्पनीले खरिदमा छुट र उपहार दिने योजनासँगै ग्राहकलाई भ्रमण, मनोरञ्जन तथा अन्य अनुभवसँग जोड्ने अभियानसमेत सञ्चालन गरिरहेका छन् ।

विशेष घरकर्जा योजना
दसैँ, तिहार र छठजस्ता पर्वलाई विशेष बनाउन मुक्तिनाथ विकास बैंकले आकर्षक विशेष घरकर्जा योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले आधार दरमै ०.२५ प्रतिशत प्रिमियम थप ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घरकर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।  

रेमिट्यान्स पठाउँदा उपहार 
दसैँ, तिहार र छठ पर्वको अवसर पारेर वेस्टर्न युनियनले ‘यो दसैँ म छु सँगै’ अभियान घोषणा गरेको छ । असोज १६ देखि मंसिर ११ गतेसम्म सञ्चालन हुने यस अभियानमा सहभागीले पाँच लाखसम्मको बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । अभियान अवधिभर हरेक हप्ता लक्की ड्रमार्फत सातजनाले १५ हजारका दरले उपहार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, आठौँ हप्ताको अन्त्यमा एकजना भाग्यशाली विजेताले पाँच लाखको बम्पर पुरस्कार प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

सवारीसाधन खरिदमा छुटदेखि बम्पर उपहारसम्म
विभिन्न सवारीसाधन बिक्री–वितरण गर्ने कम्पनीले पनि दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना ल्याएका छन् । यसैअन्तर्गत ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले ‘जिडब्लुएम फेस्टिभ अफर : गो विथ मोर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत जिडब्लुएमका विद्युतीय एसयुभी ओरा ५ मा दुई लाख र हाभल जोलियन म्याक्स खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मका विभिन्न छुट पाउनेछन् ।

यता, होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले पनि ‘चाडपर्व विशेष होन्डा अफर’को सफर योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले कार किन्दा १० लाख रुपैयाँसम्म छुट पाउनेछन् । कम्पनीले ‘यो दसैँ, आशाको सुरुवात’ योजनासमेत ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्य्राच कुपनमार्फत एक लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भिजी अटोमोबाइल्स प्रालिले चाडपर्वलक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन् ।

नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘दसैँको दक्षिणा’ नामक विशेष योजना ल्याएको छ । जसमा भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् भने एक्सचेन्ज गर्ने ग्राहकले २५ हजारसम्मको एक्सचेन्ज लाभ प्राप्त गर्नेछन् ।

त्यस्तै, बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । दसैँदेखि छठसम्म लागू हुने यो योजनाअन्तर्गत बजाज चेतकका जुनसुकै मोडेल खरिद गर्दा ग्राहकले एक लाखसम्म क्यासब्याक प्राप्त गर्नेछन् । 

टेलिफोन र इन्टरनेटमा छुट
यता, नेपाल टेलिकमले पनि दसैँ–तिहार तथा छठका लागि विशेष योजना ल्याएको छ । कम्पनीले चाडपर्वको अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डेटा, भ्वाइस र सन्देश प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ ल्याएको हो । 

सामसङ नेपालले एनसेलका ग्राहकलाई लक्षित गर्दै दसैँ विशेष अफर ल्याएको छ । कम्पनीले एनसेलसँगको सहकार्यमा सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिद गर्दा विशेष छुटसहितको योजना ल्याएको हो । योजनाअन्तर्गत एनसेलका ग्राहकले सामसङको चाडपर्वका अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसरी दुवै अफरबाट योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने बताइएको छ ।

घरायसी उपकरणमा क्यासब्याक 
सामसङ नेपालले दसैँ–तिहारका अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लक्की ड्र, थप क्यासब्याक र पक्का उपहार पाउन सक्नेछन् । 

फर्निचरजन्य सामान खरिदमा थाइल्यान्ड भ्रमणको अवसर
दसैँ–तिहारलाई लक्षित गर्दै सोफा उत्पादन कम्पनी सोफा हब काठमाडौंले विशेष योजना सार्वजनिक गरेको छ । ‘झिलिली अफर’ नामक योजनामा थाइल्यान्ड भ्रमणदेखि विभिन्न आकर्षक उपहार, छुट तथा अन्य सुविधाका अवसर समेटिएका छन् । कम्पनीका अनुसार अफरअन्तर्गत सोफा तथा अन्य फर्निचरका सामग्री खरिद गन १० जना भाग्यशाली ग्राहकले निःशुल्क थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन् । 

कार, मोटरसाइकल र स्कुटर जित्ने म्याक्स टाइगरको अफर
म्याक्स टाइगरले ल्याएको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एकजनाले प्रोटोन कार जित्न सक्ने भएका छन् । यसअन्तर्गत १८ जनाले यामाहा एफजेडएफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एकजना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् ।

सुझावित समाचार