कैलाली क्षेत्र नम्बर २ र ३ मा नेकपाको प्रारम्भिक अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर २ र ३ मा नेकपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एक हजार ६१३ मत गणना हुँदा नेकपाका नन्दबहादुर साउद ४४१ मतसहित अगाडि छन् ।

४०७ मतसहित नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले उनलाई पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले ३१६ र नेकपा एमालेका सूर्यबहादुर थापाले ३०६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा पनि नेकपाकै वीरमान चौधरीले प्रारम्भिक अग्रता लिएका छन् । एक हजार ५७२ मत गणना हुँदा ६०४ मतसहित चौधरीले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगतप्रसाद जोशीले २७५ मत, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले २५२, नेपाली कांग्रेसका भीमबहादुर बडुवालले २१५ र नेकपा एमाले गौरीशंकर चौधरीले १०३ मत पाएका छन् ।

See More On

सुझावित समाचार