सप्तरीमा ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीले जिल्लाभर ५५ प्रतिशत मत खसेको जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको बताए। उनले भने, 'हामी तथ्यांक संकलन गरिरहेका छौँ। तर, ५५ प्रतिशत हाराहारी मत खसेको छ।'
सप्तरीका चारैवटा निर्वाचन क्षेत्रबाट १०२ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। चार लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार २८३ तथा अन्य २३ जना छन् ।