भारतमा सर्पदंशबाट बर्सेनि ५० हजारको मृत्यु

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

भारतमा सर्पदंशबाट बर्सेनि ५० हजारजनाको मृत्यु हुने गरेको छ । यो मृत्युदर विश्वव्यापी रूपमा सर्पदंशबाट हुने मृत्युको करिब आधा संख्या हो । ग्लोबल स्नेकबाइट टास्कफोर्स (जिएसटी)ले सार्वजनिक गरेको एक रिपोर्टमा उक्त जानकारी दिइएको हो । केही अध्ययनअनुसार सर्पदंशबाट ५० हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । २०२० को एक अध्ययनअनुसार सन् २००० देखि २०१९ को बिचमा भारतमा मात्र सर्पदंशबाट १२ लाखजनाको मृत्यु भएको हुन सक्छ, जुन प्रतिवर्ष औसत ५८ हजार हो ।

जिएसटीको एक नयाँ रिपोर्टअनुसार भारतका ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम (सर्पको विषलाई निष्क्रिय पारेर जीवन बचाउने एन्टिबडी) प्रयोगमा चुनौतीको सामना गरेका छन् । अनुसन्धानकर्ताले सर्पको टोकाइबाट सबैभन्दा बढी प्रभावित देश भारत, ब्राजिल, इन्डोनेसिया र नाइजेरियाका ९०४ चिकित्सामा सर्वेक्षण गर्दा कमजोर पूर्वाधार, एन्टिभेनममा सीमित पहुँच र अपर्याप्त प्रशिक्षण चुनौतीको रूपमा रहेको पाइयो ।

लगभग आधा स्वास्थ्यकर्मीले उपचारमा ढिलाइले बिरामीमा गम्भीर जटिलता निम्त्याएको रिपोर्ट गरे, जसमा अंगच्छेदन, शल्यक्रिया वा जीवनभर गतिशीलता समस्याको रूपमा समावेश छन् । सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा सर्पदंशलाई ‘सर्वोच्च प्राथमिकतामा राखिएको उष्णकटिबन्धीय रोग’को रूपमा सूचीबद्ध गर्यो । किनभने, यसबाट हुने मृत्युको संख्या उच्च थियो । डब्लुएचओका अनुसार विश्वभर प्रत्येक वर्ष अनुमानित ५४ लाख मानिसलाई सर्पले टोक्छन् र वार्षिक रूपमा एक लाखभन्दा बढीको मृत्यु हुन्छ ।

See More On

सुझावित समाचार