इतिहासमा आज

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

सन् १५६७ :  फ्रान्समा क्याथोलिक र प्रोटेस्टेन्टबिच धार्मिक युद्ध सुरु । गृहयुद्धको रूपमा लडिएको यो युद्धले निम्त्याएको हिंसा, भोकमरी र रोगले झन्डै २० देखि ४० लाख मानिसको ज्यान लियो ।

सन् १३९९ :  बेलायतका राजा रिचर्ड द्वितीय काकाका छोरा हेनरी ल्यानकास्टरबाट पराजित भएसँगै ल्यानकास्टर आफूलाई हेनरी चौथोको नाममा बेलायतमा शासन गर्न थाले ।

सन् १७८९ :  नवगठित संयुक्त राज्य अमेरिकाको संसद्ले नियमित सेना निर्माण गर्ने पक्षमा मतदान गर्यो । सेनालाई हेर्नका लागि युद्ध मन्त्रालय पनि गठन गरियो ।

सन् १९०६ :  अमेरिकाले क्युबामा हस्ताक्षर गरेर त्यहाँका तानासाह स्ट्राडा पाल्मालाई निष्कासित गर्यो ।

सन् १९१६ :  अमेरिकी तेल व्यापारी जोन डी रकफेलर विश्वको पहिलो डलर अर्बपति बने ।

सन् १९४१ :  जर्मनीले आफ्नो नियन्त्रणमा रहेको किभमा झन्डै ३० हजार यहुदीलाई मार्यो ।

सन् १९५० :  सोभियत नेता निकिता ख्रुस्चेभले संयुक्त राष्ट्रसंघीय महासभाको बैठकमा अर्का प्रतिनिधिले बोलिरहेका वेला अवरुद्ध हुने गरी होहल्ला गरे । उनले त्यस समय जुत्ता खोलेर आफूअघिको डेस्कमाथि बजारेको चर्चा हुने गरे पनि यसको प्रामाणिकतामा प्रश्न उठ्ने गरेको छ ।

सन् १९७१ :  ओमन अरब लिगको सदस्य बन्यो ।

सुझावित समाचार