स्मार्ट फोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी एस–२६ सिरिज सार्वजनिक गरेको गरेको छ । नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस–२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र एआई मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । यस सिरिजमा एआई क्यामरा क्षमतादेखि रियल–टाइम सहयोगसम्म रहेको बताइएको छ । साथै, यस उपकरणले प्रयोगकर्ताको बानीअनुसार आफूलाई ढाल्दै दैनिक कार्यलाई अझ सरल र अर्थपूर्ण बनाउनेछ ।
एस–२६ ले डिजाइन र प्रदर्शनमा पनि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता र एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।
कम्पनीका एमएक्स डिभिजनका डाइरेक्टर प्रणयरत्न स्थापितले भने, ‘एस–२६ सिरिजले आफ्ना प्रयोगकर्तालाई सजिलै बुझ्नुका साथै दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उन्नत बनाउने नवप्रवर्तन अनुभव गर्न सक्षम बनाउँछ ।’