टी–२० विश्वकपमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनल पुगेको छ। मंगलबार भएको सुपर ८ को खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले १६४ रन बनाएको थियो। १९.१ ओभरमा आठ विकेट गुमाएर इंग्ल्यान्डले पाकिस्तानले दिएको लक्ष्य पूरा गरेको हो।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुक नायक बने। उनले ५१ बलमा शतक प्रहार गरे। पावर प्लेमै टिमले तीन विकेट गुमाएको अवस्थामा उनले उत्कृष्ट इनिङ खेलेर टिमलाई विजयी बनाएका हुन्।
सुपर ८ को पहिलो खेलमा इंग्ल्यान्डले आयोजक श्रीलंकालाई हराएको थियो। लगातार दुई जितपछि इंग्ल्यान्डको सेमिफाइनल यात्रा पक्का भएको हो।
सुपर ८ मा बुधबार श्रीलंका र न्युजिल्यान्डबिच खेल हुँदै छ।