२६औँ आहारारा पोखरा गोल्डकप ५ माघदेखि

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

२६औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी ५ माघदेखि हुने भएको छ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिता १६ माघसम्म सञ्चालन हुने जानकारी दिए । प्रतियोगिताको मिति तय भए पनि सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य आवश्यक विवरण पछि सार्वजनिक गरिने उनले बताए । 
प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पु¥याउँदै आएको अध्यक्ष थापाको दाबी छ ।

नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब धेरै उपाधि जित्ने सूचीमा छन् । दुवै टोलीले समान ६ पटक उपाधि हात पारेका छन् । त्यसपछि दोस्रो स्थानमा रहेको थ्री स्टार क्लबले पाँचपटक उपाधि जितेको छ । आयोजक सहारा क्लब र संकटा क्लबले समान दुईपटक ट्रफी उचालेका छन् । त्रिभुवन आर्मी, नेपाल एपिएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्सले समान एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन् । क्लबले ०५८ देखि फुटबल एकेडेमीसमेत सञ्चालन गरिरहेको छ । 

सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा अहिले चौथो ब्याचमा ३० प्रशिक्षार्थी छन् । उनीहरूको आवास, पालनपोषणसँगै शिक्षादीक्षा र फुटबल प्रशिक्षणको काम गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए ।

सुझावित समाचार