रेवाहाङ फेयरको फराकिलो जित

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

संखुवासभा/ पहिलो मझिय नाइन ‘ए’ साइड स्मृति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरानको रेवाहाङ फेयर फुटबल महिला टोलीले मावादिन युवा समाज विकास केन्द्र संखुवासभालाई ५–० ले हराएको छ ।

फेयर फुटबल क्लबले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गरेका थिए । प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमीले आठ टोली सहभागी प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने बताए । उनका अनुसार उपविजेताले एक लाख ५० हजार र उत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ हात पार्नेछन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । 

सुझावित समाचार