१०औँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर ८ मा मंगलबार पूर्वविजेता पाकिस्तान र इंग्ल्यान्डले श्रीलंकाको पालेकेलेमा प्रतिस्पर्धा गर्दे छन् । सुपर ८ को समूह २ मा इंग्ल्यान्डको तुलनामा पाकिस्तान कमजोर अवस्थामा छ । पहिलो खेल वर्षाका कारण पाकिस्तान र न्युजिल्याबिचको खेल ‘नो रिजल्ट’ आएको थियो । जसका कारण दुवै टोलीले समान एक अंक बटुले । इंग्ल्यान्डले भने आयोजक श्रीलंकामािथ सानदार जित निकाली दुई अंक जोड्यो ।
इंग्ल्यान्ड र पाकिस्तानका यो दोस्रो खेल हो । यो खेलमा पाकिस्तानले हारको सामना गर्दा लगभग सेमिफाइनल पुग्ने आशा समाप्त हुनेछ । पाकिस्तान यस्तो समीकरणमा केवल गणितीय आधारमा मात्र आशा जीवित रहनेछ । इंग्ल्यान्डले जित निकाल्दा समूह २ बाट सेमिफाइनल प्रवेश गर्ने बाटो बलियो हुनेछ । हारले इंग्ल्यान्डको पनि अवस्था कठिन हुन सक्छ । पाकिस्तान समूह ‘ए’को उपविजेता र इंग्ल्यान्ड समूह ‘सी’का उपविजेता हुँदै सुपर ८ मा पुगेका छन् ।
पाकिस्तानको भन्दा इंग्ल्यान्डको ब्याटिङ, फिल्डिङ र बलिङ पक्ष निकै बलियो छ । पाकिस्तानले समूह चरणमा यी तीनवटै पक्षमा एकरुपता प्रदर्शन गर्न सकेन । पछिल्लो पाँच टी–२० आईमा इंग्ल्यान्डले पाकिस्तानलाई तीनपटक हराएको छ । उत्कृष्ट फर्ममा रहेको इंग्ल्यान्डले पाकिस्तानलाई हल्का रूपमा नलिने जनाएको छ । इंग्ल्यान्डमा ब्याटिङ, बलिङ अलराउन्डर खेलाडी छन् । सामा कुरान तथा लिआम डवासनजस्ता अलराउन्डरले भरिएको इंग्ल्यान्डले पाकिस्तानमाथि दबाब बढाउन सक्छ ।
पाकिस्तानमा चार अलराउन्डर खेलाडी छन् । तर, उनीहरूले समूह चरणमा गतिलो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका मुख्य स्ट्राइक बलर साहिन अफ्रिदी त्यति फर्ममा छैनन् । श्रीलंकाली पिचमा पाकिस्तानले स्पिनरबाट आशा गरेको छ । उस्मान तारिकको अफ स्पिन अहिले प्रभावकारी देखिएको छ । इंग्ल्यान्ड फास्ट बलरभन्दा स्पिनविरुद्ध कमजोर देखिन्छ ।
