आइसिसी टी २० विश्वकपमा पाकिस्तान सुपर ८ चरणमा पुगेको छ। बुधबार भएको खेलमा नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान अर्काे चरणमा प्रवेश गरेको हो।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १९९ रन बनाएको थियो। जबाफी ब्याटिङमा नामिबिया ७ रनमा अलआउट भएसँगै पाकिस्तानको सुपर ८ को यात्रा पक्का भएको हो।
समूह ‘ए’बाट भारत सुपर ८ मा प्रवेश गरेको छ। यो समूहमा रहेका अमेरिका, नामिबिया र नेदरल्याड्स समूह चरणबाटै बाहिरिएका छन्। नामिबिया चारै खेलमा पराजित हुन पुग्यो।
यो समूहको अन्तिम खेलमा आजै भारत र नेदरल्याड्सबिच प्रतिस्पर्धा हुँदै छ।
यससँगै समूह ८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। समूह 'ए' बाट भारत र पाकिस्तान, समूह बी बाट श्रीलंका र जिम्बावे, समूह 'सी'बाट वेस्ट इन्डिज र इंल्यान्ड तथा समूह 'डी'बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अघिल्लो चरणमा पुगेका छन् भने १२ टोली बाहिरिएका छन्।