अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन : प्रचण्ड

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण निर्वाचन भएकाले यसलाई सामान्य तरिकाले बुझ्न नहुने बताएका छन्। बिहीबार बागलुङको बुर्तीबाङमा नेता कार्यकर्तासँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो निर्वाचन एउटा निर्वाचन हो, आउँछ जान्छ भन्ने रूपमा  हेर्न हुने निर्वाचन होइन । यो एउटा  असाधारण निर्वाचन हो । यो निर्वाचनमा लडाइँ केही उम्मेदवारको प्रतिस्पर्धाको रूपमा  हुँदै छैन।’

२४ गते यो देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति र यसलाई मलजल गर्ने विदेशी तागतहरूविरुद्ध देश एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरे । सबैखाले अतिवाद विध्वंसकारीहरूविरुद्ध राष्ट्रिय एकता गर्नुपर्छ माधव नेपाल र आफूले एकताको थालनी गरेको उल्लेख गरे । 

See More On

सुझावित समाचार