देउवा राजनीतिक जीवनको ‘अन्तिमपटक’​​​​​​​ चुनाव लड्न चाहन्थे, तर अन्तिममा पछि हटे

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक जीवनको ‘अन्तिमपटक’ चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । स्रोतका अनुसार उनले चुनाव लड्ने इच्छा ५ माघमा नेता रमेश लेखक, बालकृष्ण खाणमार्फत पार्टी उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे, नेताहरू देवराज चालिसे, मधु आचार्यलगायतलाई पुर्याएका थिए ।

सभापति गगन थापा देउवाले सर्वोच्चमा मुद्दा फिर्ता गर्न तयार भएमा टिकट दिन तयार थिए । यद्यपि, नयाँ नेतृत्वको कोर टिममा देउवालाई चुनाव लड्न दिन नहुने मत हाबी थियो । देउवा पनि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमिति र विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट फिर्ता गर्न सकारात्मक थिए ।

तर, मुद्दा फिर्ता गर्ने–नगर्ने बहस र आन्तरिक दबाबबिच उनले उम्मेदवार नबन्ने घोषणा गरे । मध्यरातमा स्वकीय सचिवमार्फत जारी सूचनामा उनी चुनाव नलड्ने बताइएको थियो । तर, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतजस्ता नेताको दबाबमा परेपछि मध्यरातमा सचिवालयमार्फत देउवाले चुनाव नलड्ने घोषणा गरे ।

पत्नी आरजु पनि चुनावी मैदानबाहिर छिन् । देउवा २०४८, २०५१, २०५६, २०६४  २०७०, २०७४ र २०७९ सम्म सातपटक संसदीय/संविधानसभा निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए । उनले संविधानसभामा कैलाली र कञ्चनपुरबाट समेत चुनाव जितेका थिए ।

See More On

सुझावित समाचार