इतिहासमा आज

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

सन् १९०४ : रुस र जापानले एक–अर्कोविरुद्ध युद्धको घोषणा गरे ।

सन् १७६३ : पेरिस सन्धिमा हस्ताक्षर भयो । हस्ताक्षरसँगै फ्रान्स र बेलायतबिचको सात वर्ष लामो क्षेत्रीय द्वन्द्व अन्त्य भएको थियो ।

सन् १९३९ : जापानीहरूले फ्रान्सेली इन्डोचिनाको हाइनान टापु कब्जा गरे ।

सन् १९६२ : सोभियत संघले पक्राउ गरेका अमेरिकी जासुस फ्रान्सिस ग्यारी पावर्स रिहा । कब्जा गरिएका सोभियत जासुस रुडोल्फ इवानोबिच एबेलको रिहापछि पावर्समुक्त भएका थिए ।

सन् १९६४ : अस्ट्रेलियामा एक विमानवाहक जहाज दुर्घटना हुँदा ८२ जनाको मृत्यु भयो । विनाशकारी एचएमएएस भोयगर र विमानवाहक एचएमएएस मेलबर्न ठोकिँदा भोयगरको आधा भाग काटिएर समुद्रमा डुबेको थियो ।

सन् १९९० : अन्तरिक्षयान ग्यालिलियोले बृहस्पति ग्रहको अनुसन्धान गर्न जाने क्रममा शुक्र ग्रह पार गरेको थियो ।

सन् २००९ : अन्तरिक्षमा दुईवटा भूउपग्रह ठोक्किए । दुर्घटनामा अमेरिकी भूउपग्रह इरिडियम ३३ र रुसको कसमस २२५१ ध्वस्त भएका थिए ।

सुझावित समाचार