इतिहासमा आज

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

सन् १७८३ : स्पेनले अमेरिकाको स्वतन्त्रतालाई मान्यता दियो ।

सन् १९३३ : अमेरिका र रसियाबिच आणविक सन्धिमा हस्ताक्षर भयो । आणविक हतियारको संख्या तीन हजारमा झार्ने विषयमा दुई देशबिच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटिएआरटी)मा हस्ताक्षर भएको थियो ।

सन् १९५४ : अस्ट्रेलियाको पहिलो शाही यात्रामा बेलायतकी महारानी एलिजाबेथलाई सिड्नीमा लाखौँले स्वागत गरे।

सन् १९५९ : अलास्का अमेरिकाको ४९औँ राज्य बन्यो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा रुससँग ७२ लाख डलरमा किनेको थियो ।

सन् १९६१ : अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्यो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा आक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाका तत्कालीन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो ।

सन् १९८४ : वातावरण संरक्षण एजेन्सीले अन्न उत्पादनका लागि कीटनाशक इडिबीमाथि प्रतिबन्ध लगाउन आदेश दियो ।

सन् २००४ : अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगलग्रहमा अवतरण गर्यो । मंगलग्रहको सतहको रासायनिक तथा भौतिक बनोटबारे रोभरले अध्ययन गरेको थियो ।

सुझावित समाचार